गृहपृष्ठ पोखरा विमानस्थल : आज पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थल : आज पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण गर्दैछ । यो व्यवसायिक अवतरण हो ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ । चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित १३० जना यात्रु रहने छन् । जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको थियो । आन्तरिक उडान यहाँबाट भए पनि अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक हुन लागेको हो ।
प्रकाशित समय : ०८:५३ बजे



















