global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटनमन्त्री किराँतीले फेरि हटाए बजेट पुस्तकबाट प्रदेशको नाम

पर्यटनमन्त्री किराँतीले फेरि हटाए बजेट पुस्तकबाट प्रदेशको नाम

पर्यटनमन्त्री किराँतीले फेरि हटाए बजेट पुस्तकबाट प्रदेशको नाम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयको वार्षिक विकास कार्यक्रमको पुस्तकमा प्रदेशको नाम हटाइदिएका छन् । प्रदेशसभाबाट दुई तिहाइले पारित नाममा असन्तुष्टि जनाउँदै उनले पुस्तकबाट बहिष्कार गरेका हुन् ।

आइतबारको संसद् बैठकमा मन्त्री किराँतीले प्रदेशहरूको नाम नलेखी नम्बर मात्रै लेखेर संसद्मा प्रस्तुत भएपछि विरोध भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेपछि आइतबारको कार्यसूचीबाट पर्यटन मन्त्रालयमाथिको छलफल हटाइएको थियो ।

सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री किराँतीलाई स्पष्ट पार्न समय दिए । किराँतीले नाम सच्याएपछि पुनः वितरण गरिने प्रतिबद्धता जनाएका थिए । नाम सच्याउनुको सट्टा उनी मंगलबारको बैठकमा नम्बरसमेत नराखी प्रस्तुत भए ।

संविधानले संघीय संसद्लाई जति स्वायत्त बनाएको छ, त्यति नै प्रदेशसभालाई अधिकार दिएको छ । तर, प्रदेशसभाबाट पारित नाममा संघीय मन्त्री किरातीले असन्तुष्टि जनाउँदै बजेट पुस्तिकाबाट हटाइदिएका हुन् ।

अहिले कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर आन्दोलन चर्किरहेको छ । पहिचानवादीहरुले किराँत–लिम्बुवान् घोषणा गर्नुपर्ने माग गरेका छन् । तर कोशी प्रदेशको नाम एमाले, काँग्रेस र माओवादीसहितका दलले दुईतिहाईले पारित गरेका हुन् ।

प्रकाशित समय : ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु