global ime bank Long Banner Ad

गृहपृष्ठ बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीको दुःख व्यक्त

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीको दुःख व्यक्त

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीको दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु