गृहपृष्ठ विश्वकप छनोट : नेपाल र जिम्बावे भिड्दै
विश्वकप छनोट : नेपाल र जिम्बावे भिड्दै
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (आइतबार) घरेलु राष्ट्र जिम्बाबेसँग खेल्दैछ । जिम्बाबे र नेपालबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा नेपाली समय अनुसार मध्याह्न पौने १ मा शुरू हुनेछ।
घरेलु टोलीलाई हराउँदै नेपाल प्रतियोगिताको सुखद् शुरूआत गर्ने लक्ष्यमा रहेको छ भने घरेलु भूमिमा नेपाललाई हराएर जिम्बावे पनि सोही लक्ष्यमा हुने छ ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त खेल पनि हो ।
प्रकाशित समय : ०९:४९ बजे



















