global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न सभापति देउवाको निर्देशन

कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न सभापति देउवाको निर्देशन

कार्यकर्तालाई एकतावद्ध भएर अघि  बढ्न  सभापति देउवाको निर्देशन

पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् । उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताएका छन् ।

आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने उल्लेख गरेका छन् । सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

गठबन्धन बनाएर चुनाव लडेका कारणले आज आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको उनले बताएका छन् । उनले थप भने, ‘यहाँ केही कुराहरु उठेका छन् साथीहरु । उठाउनु पनि पर्छ । कुरा महत्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरुमा सहमती हुन जरुरी छ । यदि सहमती हुन सक्यो भने यी विचारहरु नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरुलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ ।’

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु