अनधिकृत व्यक्ति छिरेर कर हेरेफेर गरेको खबरपछि अर्थ स्पष्टीकरण : विधेयक टाइप गर्न लगाएका हौं
वि.सं.२०८० जेठ २३ मंगलवार ०८:०२
shares

अर्थ मन्त्रालयले करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको र सरकारी करारमा भर्ना गरिएका कर्मचारी रामकृष्ण श्रेष्ठलाई विधेयक टाइप गर्न लगाएको बताएको छ ।
किन श्रेष्ठलाई नै रोजियो भन्नेबारे मन्त्रालयले बोलेको छैन । बजेट तर्जुमा दिग्दर्शनले तोकेका पदाधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिएपछि कम्प्यूटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परीक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराएर जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको भन्दै मन्त्रालयले भनेको छ, ‘यो स्थापित अभ्यास हो ।’
रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निवृत्त कर्मचारी भएको पुष्टि अर्थ मन्त्रालयले गरेको छ ।
यस्ताे छ विज्ञप्ती


























