nmb bank

गृहपृष्ठ नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस् : योगेश भट्टराई

नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस् : योगेश भट्टराई

नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस् :  योगेश भट्टराई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेर गैर संवैधानिक काम गरेको नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकता जस्तो विषयमा धेरै खेलवाड नगर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न समेत गरेका छन् ।

 उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्चले रोकेकोमा धन्यवाद ब्यक्त गरे । सांसद भट्टराईले गैरआवासीय ब्यक्तिलाई दिने नागरिकताको विषयमा आपत्ति नभएपनि महिलालाई नागरिकता दिने विषयमा रहेको प्रावधान आपत्तिजनक रहेको दावी गरे ।

भट्टराईले भने– ‘नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस । सम्मानीय प्रधानमन्त्री यहाँ हुनुहुन्छ, उहाँलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूले आफूसँग नभएको अधिकार विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने । संविधान मिच्न दुरुत्साहन गर्ने, यो संसदको नियमावलीमा छ सभामुख महोदय, संसदको विशेष अधिकार हनन् भयो भने विशेष अधिकार हनन् समिति बनाएर संसदको विशेष अधिकार हनन् गर्नेमाथि पनि कारबाही हुन सक्छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु