global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

कुमारी बैंकले आजदेखि बैंकको नाममा रहेको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २४ गते बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु