global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गणतन्त्र दिवस सांस्कृतिक साँझ राष्ट्रिय नाचघर जमलमा

गणतन्त्र दिवस सांस्कृतिक साँझ राष्ट्रिय नाचघर जमलमा

गणतन्त्र दिवस सांस्कृतिक साँझ राष्ट्रिय नाचघर जमलमा

 गणतन्त्र दिवस २०८० को अवसरमा आज साँझ गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ देखि ७ः१५ सम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुँदै छ ।

प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने सांस्कृति साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा पतिष्ठान, संगित तथा नाट्य प्रतिष्ठान, ललित कला प्राज्ञ प्रतिष्ठानका कलकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने छन् ।

कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रलयले गरिरहेको छ । कार्यक्रमको व्यवस्थापन सांस्कृतिक संस्थानले गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले जानकारी दिए ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु