काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार झिनो अंकले बढ्याे

6.15K
shares

कारोबारको पहिलो दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आइतबार ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । आज सेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०।६२ प्रतिशतले घटेको छ । कारोबारको पहिलो दिन नेप्से ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड १४ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।