गृहपृष्ठ पूर्वसांसद शेर्पा घाइते भएकोबारे प्रहरीसँग मानवअधिकार आयोगले सोध्यो कारण
पूर्वसांसद शेर्पा घाइते भएकोबारे प्रहरीसँग मानवअधिकार आयोगले सोध्यो कारण
पूर्वसांसद आङटावा शेर्पा घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीसँग कारण सोधेको छ । जेठ १ मा साँझ प्रहरीमा आत्मसमर्पण गरेको शेर्पा भोलिपल्ट बिहान साढे ३ बजे घाइते भएका थिए । पूर्वसांसद शेर्पा शौचालयमा लडेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।
आयोगले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेर सो घटनाबारे कारण सोधेको छ । घटनाबारे उजुरी आएको र त्यसबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलको भनाइ छ ।
प्रहरीले बिहान साढे ३ मा उनी लडेको दावी गर्दै आएको छ । तर, प्रहरीले टर्चर दिएको आरोप लगाएर शेर्पाको परिवारले आयोगमा उजुरी गरेका थिए ।
टाउकोमा सात टाँका लगाएको र टाउकोमा गहिरो चोट देखिएको आङटावाका छोरा आङनिमाको भनाइ छ ।
प्रकाशित समय : ०७:४१ बजे



















