गृहपृष्ठ मधेसमा मुख्यमन्त्री छोड्न जसपालाई दबाव

मधेसमा मुख्यमन्त्री छोड्न जसपालाई दबाव

मधेसमा मुख्यमन्त्री छोड्न जसपालाई दबाव

सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपी शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन ।

मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो ।

‘आज प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभयो कि ५ दलको बैठकमा उपचुनावपछि सरकारको नेतृत्व लोसपाले पाउँछ भनेर सहमति भएको थियो’, लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभीराम शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले त्यसो भन्दा कसैले पनि होइन भन्नुभएन ।’

कांग्रेस र लोसपा दुबै दलले त्यो सहमति कार्यान्वयन गर्न जसपालाई दबाव दिँदै आएको छ । तर जसपा नेताहरुले भने मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने बताइरहेका छन् । बालुवाटार बैठकमा पनि जसपाले यही मत राखेको थियो ।

मधेस प्रदेशका नेताहरुको धारणा सुनेपछि शीर्ष नेताहरुको छुट्टै बैठक पनि बसेको थियो । तर सहमति हुन सकेन । मधेस प्रदेशको नेतृत्वका लागि जनमत पार्टीले पनि दाबी गरिरहेको छ ।

प्रकाशित समय : ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु