गृहपृष्ठ देउवाका पुत्रको औंठी साटासाट
देउवाका पुत्रको औंठी साटासाट
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र कभर सिंगर शिवाना श्रेष्ठबीच औंठी साटासाट भएको छ ।
इन्स्टाग्राममा उनी र शिवानाको इन्गेजमेन्ट गरिएको तस्बीर सार्वजनिक भएको हा । उनीहरु दुवैजना रोमान्टिक मूडमा देखापरेका छन् । जसले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ ।
तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी हुन् । जुन तस्बीरमा उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’
पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् । निकट स्रोतका अनुसार केही साथीहरु र परिवारका थोरै सदस्य मात्रै बसेर औंठी साटासाट भएको हो । इन्गेजमेन्टकै छनक मिल्ने तस्वीर सेयर भए पनि औपचारिक समारोह भयो कि भएन भन्ने केही खुलेको छैन । देउवा र आरजुको सहभागिताबारे पनि खुलेको छैन ।
देउवा–आरजुका एक्ला सन्तान जयवीर हुन् ।
तस्वीरमा शिवानाको हातमा औंठी लगाएको देख्न सकिन्छ । डिनर भोजमा सबैजना उपस्थित भएर ‘क्याजुअल सेलिब्रेसन’ गरेको देखिएको छ । शिवानाको इन्स्टाग्राम टाइमलाइन हेर्दा यी दुईजना लामो समयदेखि ‘रिलेसनसिप’मा रहेको बुझ्न सकिन्छ भने शिवानाको परिवारसँग जयवीरको घनिष्टता पनि देखिन्छ । शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ ।
जयवीर र शिवानाले विदेश यात्राका क्रममा सेयर गरेका रोमान्टिक तस्वीरहरु पनि इन्स्टाग्राममा भेटिएका छन् । देउवा परिवार स्रोतका अनुसार केही दिनमा पारिवारिक इन्गेजमेन्ट गर्ने तयारी भइरहेको छ ।
प्रकाशित समय : ०६:३६ बजे



















