global ime bank Long Banner Ad

गृहपृष्ठ टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

टेलिकमद्वारा भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

 नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । जसअनुसार मे १७ मा मनाइने आईटीयू डे २०२३ का अवसरमा बुधबारदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।

नयाँ दर अनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट  ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट  ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट  ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ र एसएमएस गर्दा प्रति एसएमएस १० लाग्ने छ । हाल कुनै नम्बरमा कल गर्दा  १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ लाग्छ ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ मात्र लाग्ने छ । अन्य देशमा जाँदा÷रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु