गृहपृष्ठ सन्राइज बैंकले गर्यो धनगढीमा बिभिन्न सहयोग
सन्राइज बैंकले गर्यो धनगढीमा बिभिन्न सहयोग
सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे ।
सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए ।
साथै मेयर हमालले स्नराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे ।यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।
प्रकाशित समय : १३:११ बजे

















