global ime bank Long Banner Ad

गृहपृष्ठ घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्छ– पर्यटनमन्त्री किराँती

घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्छ– पर्यटनमन्त्री किराँती

घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्छ– पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन उद्योग र मुलुकका लघु घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै उनले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता उनले औंल्याएका छन् । महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रबद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीको बारेमा छलफल पनि गरेको थियो ।

महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी श्रृङ्खला “नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव – २०८०” यस वर्ष “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” को नामबाट नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ मिलेर आगामी मङ्सिर महिनामा आयोजना गर्न लागेको महासंघका अध्यक्ष उमेप्रसाद सिंहले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु