काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लागूऔषधसहित भारतीय र नेपाली नागरिक पक्राउ

5.9K
shares

 लागूऔषधजस्तो देखिने पदार्थसहित एक भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तरप्रदेश राज्य बहराईच घुम्ना भारुका २३ वर्षीय दीपककुमार पासवान लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० आर ३४१५ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उनीहरू पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी बोहोराले जनाए । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।