global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालबाट अवैध रुपमा लगिएका ४० सम्पदा अमेरिकाबाट घर फर्किँदै

नेपालबाट अवैध रुपमा लगिएका ४० सम्पदा अमेरिकाबाट घर फर्किँदै

नेपालबाट अवैध रुपमा लगिएका ४० सम्पदा अमेरिकाबाट घर फर्किँदै

अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्‍टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेको दूतावासले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

अमेरिकाको हवाइ राज्यको होनोलुलुमा सन् २०१० अगस्ट १० मा त्यहाँको भन्सारले पक्राउ गरेको सम्पदाबारेको सूचना बाहिर आएपछि यसको ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) र प्रामाणिकता स्पष्ट भएपछि अमेरिकी सरकारले सम्पदा फिर्ता गरेको हो । सम्पदाको अधिकार तथा घरफिर्तीका लागि नेपालले सन् २०११ मै अमेरिकालाई औपचारिक पत्र पठाएपछि यो प्रक्रिया अघि बढेको हो ।

कलात्मक काष्ठकलामा हिन्दु, बौद्ध धर्मका प्रतिकात्मक बिम्ब तथा उन्नाइसौंदेखि बीसौं शताब्दीबीचको कलाशिल्पी कुँदिएको देख्न सकिन्छ । यीमध्ये केही सम्पदाको दूतावासमा सार्वजनिक प्रदर्शनी समेत गरिएको थियो । सम्पदामा भगवान् बुद्धको जीवन र सिकाइका चरणहरु झल्कने कलात्मक बिम्बसमेत समेटिएको छ ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु