global ime bank Long Banner Ad

गृहपृष्ठ अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद, प्रयावरण विनाशविरुद्ध बौद्धिक आन्दोलन गर्ने उद्देश्य रहेको बताए । उनले सुस्ताएको बौद्धिक आन्दोलनलाई फेरि नयाँ उचाईमा उठाउन संघ गठन गरिएको जानकारी दिए ।

भेलामा शुभकामना दिँदै नेताहरुले राष्ट्रिय र जनजिविका कमजोर भइरहेको बेला संघको गठन महत्वपूर्ण रहेको बताएका छन् । उनीहरुले कमजोर हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई टेवा पुर्याउने अपेक्षा गर्दै शुभकामना दिएका थिए ।

भेलामा नेकपाका संयोजक लोकनरायण सुवेदी, नेकपा बहुमतका नेता दिपक चलाउने, नेकपा नेता नारायणप्रसाद शर्मा, जेनजी अभियान्ता रमेश विक्रान्त, प्रयावरणविद् आशिष जोशीलगायतले शुभकामना दिएका थिए ।

भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल, राजेन्द्र साउद निर्वाचित भएका छन् ।

संघको महासचिव परशु कोइराला, सचिव आशिष जोशी र कोषाध्यक्ष प्रेमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्त, केन्द्रीय सदस्यमा महेश पौडेल, बासुदेव नाथ, शुसिल भट्टराई, खेम पौडेल, मोहन खतिवाडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगिरथ घिमिरे, पवन खवास, धु्रव भण्डारी, अच्युत कट्टेल, भक्त रसाईली रहेका छन् ।

संघले डा. डीपी पौडेल, रमेश पौडेल, टिका कडेँल, निरेन्द्र कुँवरलाई सल्लाहकार समेत चयन गरेको छ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु