global ime bank Long Banner Ad

गृहपृष्ठ जसपाको विधान महाधिवेशन असारमा

जसपाको विधान महाधिवेशन असारमा

जसपाको विधान महाधिवेशन असारमा

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधान महाधिवेशनको मिति सारेको छ । यसअघि १,२ र ३ जेठमा गर्ने तय गरेको जसपाले बुधबार बसेको कार्यकारिणी समितिको बैठकबाट असारको ९, १० र ११ मा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यस्तै, जसपाले संसदबाट दुईपटक पारित भई राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्व पारित गरी कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो समय प्रदेश १ को नामकरणका विषयमा उत्पन्न विवादमा छलफल गरी समस्या समाधान गर्न पनि जसपाले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु