गृहपृष्ठ गृहसचिवको सरुवा, सिंहलाई निकालेर भट्टराईलाई ल्याइयो

गृहसचिवको सरुवा, सिंहलाई निकालेर भट्टराईलाई ल्याइयो

गृहसचिवको सरुवा, सिंहलाई निकालेर भट्टराईलाई ल्याइयो

सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

हाल गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह आएका थिए । करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो ।

यसअघि उद्योग मन्त्रालयबाट भट्टराई प्रधामन्त्री कार्यालयमा सरुवा भएका थिए । पछिल्लोपटक निवर्तमान गृहसचिव पाण्डे भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि गृहबाट हुने बेथिति र आपराधिक गिरोहलाई रोक्नु नयाँ गृहसचिवको प्रमुख चुनौती रहेको छ ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु