global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा विश्वस्त छु –अर्थमन्त्री महत

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा विश्वस्त छु –अर्थमन्त्री महत

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा विश्वस्त छु –अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०–८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको आज जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरु हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्‍याए ।

ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा। महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।’

ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने महतको भनाइ छ । त्यसले व्यापार व्यवसाय वृद्धि हुने, रोजगारीको अवसर पनि बढ्ने अर्थमन्त्रीको अपेक्षा छ । महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु