गृहपृष्ठ सुनुवाइ नहुँदा विरह पोख्नुपर्ने अवस्था आएको छ –दिपक गिरी
सुनुवाइ नहुँदा विरह पोख्नुपर्ने अवस्था आएको छ –दिपक गिरी
संसद्मा पटक–पटक दाङको बबईदेखि तुलसीपुरसम्मको चार लेनको सडक निर्माण अलपत्र परेको विषय उठाउँदा पनि सुनुवाइ नभएपछि विरह पोख्नुपर्ने अवस्था आएको भन्दै सांसद दिपक गिरीले गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरीले ४ वर्षदेखि अलपत्र परेको सडक निर्माणको विषयमा सरकारले आवश्यक कारबाही नगरेको बताएका हुन् । बारम्बार विषय उठाउँदा पनि सुनुवाइ नहुँदा विरह पोख्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
सम्माननीय सभामुख ज्यू, म सभामुखमार्फत् विरह पोख्दैछु भन्दा पनि हुन्छ । पटकपटक यो संसद्मा कुरा उठाउँदा जो बाटो अहिले लथालिंग भएको छ । त्यो बाटो बबइदेखि तुलसीपुरसम्मको चार लेन बाटो हो,ु उनले भने, ु४ वर्ष भयो टेन्डर भएको । न रद्द भएको छ, निर्माण त बन्द छ ।ु
दाङ जिल्लामा जनप्रतिनिधि र मन्त्री जाँदा सडकको नारा लाग्ने अवस्था मात्रै आएको सांसद गिरीको भनाइ थियो । उनले उक्त सडक के हुने हो भन्ने बारेमा भौतिक पूर्वाधार तथा यातायातनमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरेका छन् । नभए दाङबाट प्रतिनिधित्व गर्ने सांसदले संसदमा नै विरोध गर्ने अवस्था आउने उनले चेतावनी दिए ।
प्रकाशित समय : १२:२५ बजे



















