global ime bank Long Banner Ad

गृहपृष्ठ भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि बढ्नु पर्छ –देवेन्द्र दाहाल

भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि बढ्नु पर्छ –देवेन्द्र दाहाल

भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि बढ्नु पर्छ –देवेन्द्र दाहाल

 भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले सरकारको प्रतिबद्धता माग गरेका छन् ।

आज राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिए । ‘कर्मचारी र ठेकेदारको मिलेमत्तोमा भ्रष्टाचार हुँदो रहेछ । यसमा नेताहरु पनि मुछिन्छन् होला’ उनले भने ।

हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उनको टिप्पणी छ । ‘‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उनी थप्छन्, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे ।

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु