global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्नु पर्छ–प्रकाश पन्थ

प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्नु पर्छ–प्रकाश पन्थ

प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्नु पर्छ–प्रकाश पन्थ

हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले माग गरेका छन् । आज राष्ट्रिय सभाको बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् ।

उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न पनि माग गरे । ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस्,’ राष्ट्रिय सभा सदस्य पन्थीले भने ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु