global ime bank Long Banner Ad

गृहपृष्ठ अब महिनैपिच्छे ब्याजदर परिवर्तन हुने

अब महिनैपिच्छे ब्याजदर परिवर्तन हुने

अब महिनैपिच्छे ब्याजदर परिवर्तन हुने

अब बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने भएका छन् । प्रवाह भएको ऋण (कर्जा)मा ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि त्रैमासिक रुपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

यसको अर्थ अब बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन् । राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ । यसअघि भने तीन तीन महिनामा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने व्यवस्था अनुसार साउनमा मात्रै परिवर्तन हुने थियो ।

प्रकाशित समय : ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु