global ime bank Long Banner Ad

गृहपृष्ठ योग साधनाबाट बेलायतबासी नेपालीलाई जोड्दै एनआरएनए युके

योग साधनाबाट बेलायतबासी नेपालीलाई जोड्दै एनआरएनए युके

योग साधनाबाट बेलायतबासी नेपालीलाई जोड्दै एनआरएनए युके

ओशोधारा संघ नेपालका संयोजक आचार्यश्री ओशो अखण्ड यतिबेला बेलायत भ्रमणमा हुनुहुन्छ। बेलायत रहँदा पारिवारिक भेटघाट, विभिन्न स्थानको भ्रमणको साथै विभिन्न स्थान र मितिमा योगा तथा ध्यानका कार्यक्रमहरु पनि आयोजना भइरहेका छन्।

यसै शिलशिलामा युके मिच्चेटको तमुधी हलमा ६ मे (बैशाख २३ गते) शनिवारको दिन एक भव्य तथा उत्सवमय कार्यक्रम सु-सम्पन्न भएको छ । उक्त कार्यक्रमको संयोजन ओशोधारा संघ नेपालकी पुरानो तथा गहिरो साधिका, समाजसेवी शान्ती थापा (आचार्य करुणा सागर), पुरानो साधक स्वामी उदय कुँवर (स्वामी ध्यान बुद्ध) र सकुन गुरुङ लगायत गर्नुभएको थियो ।

उहाँहरुका अनुसार आचार्यश्री ओशो अखण्डको सानिध्यमा भएको उक्त योगा तथा ध्यान शिविर कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म संचालन भएको थियो । योगाको पहिलो सत्र स्वामी ध्यान बुद्ध (स्वामी उदय कुँवर)ले संचालन गर्नुभएको थियो भने अरु सबै ध्यान उत्सव तथा सत्सङ्ग आचार्यश्री ओशो अखण्ड आफैले गर्नुभएको थियो । अन्तिममा सहभागिको जिज्ञासा उपर प्रश्नोत्तर सत्सङ्ग र प्रतिक्रिया कार्यक्रम भएको थियो । सहभागीहरु यसबाट प्रभावित हुनुको साथै छिटोभन्दा छिटो अर्को कार्यक्रम आयोजना गर्ने प्रतिबद्धतासमेत सबैले जनाउनु भएको थियो ।

लब्ध प्रतिस्ठित सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा भएको उक्त एक दिवसीय ध्यान शिविर सम्पन भए पश्चात् सहभागिले शान्त र आनन्दको महसुस गरेको कुरा आयोजक ओशोधारा संघ युकेले जानकारी गराएको थियो । कार्यक्रम भएको तमुधीहल बनाउन एनआरएन युकेले सहयोग स्वरुप २५० पाउण्ड उपलब्ध गराएको थियो । सहयोगको संयोजन अध्यक्ष सुनिल बाबु खडकाको निर्देशनमा उपाध्यक्ष शकुन गुरुङले गर्नुभएको थियो । साउण्ड सिस्टमको लागि इगंल्यान्ड राज्य परिषदका अध्यक्ष एलबी जेड गुरुङबाट १२० पाउण्ड सहयोग उपलब्ध भएको थियो । उहाँले पुरै अवधि ‘भोलेन्टिएर’ भएर भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

व्यस्त जिवनमा शारिरिक तथा मानसिक तनावबाट मुक्त भई खुशीयाल तथा आनन्दित जीवनयापन गर्न योगा तथा ध्यान कार्यक्रम अति आवश्यक मात्र नभई अनिवार्य नै भइसकेको छ । आचार्यश्री तथा गुरुको युके भ्रमणको अवसरमा यस्तो कार्यक्रम बारम्बार हुन सके सबैको लागि सुनौलो अवसर नै हुनेछ आयोजकको बुझाई छ । व्यस्त जिवनमा आउने दु:ख तथा सन्तापबाट मुक्त भई शान्त तथा आनन्दित जीवन जिउने अवसर पाउनु ध्यान साधनाका प्यासिहरुको लागि त झन महत्वको विषय बनेको छ ।

मिच्चेट तमुधिमा भएको उक्त कार्यक्रमको अलवा यहि मे ९ तारिखमा आएरल्याण्ड र मे २० तारिखको दिन लण्डन नजिक डार्डफोर्डमा यस्तै प्रयोगात्मक योगा तथा ध्यानको कार्यक्रम हुने जानकारी आयोजकबाट प्राप्त भएको छ । यस्ता कार्यक्रमहरु अरु केही महिना युकेको अन्य स्थानमा समेत हुने बुझिएको छ ।

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु