गृहपृष्ठ प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए ।
संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उनको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिश हुन सकेको थिएन ।
प्रकाशित समय : २०:३३ बजे



















