global ime bank Long Banner Ad

गृहपृष्ठ आउँदो मनसुनमा वर्षा कम हुने

आउँदो मनसुनमा वर्षा कम हुने

आउँदो मनसुनमा वर्षा कम हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मलाई मनसुन अवधि आकलन गरेको छ । यो समय सरदरभन्दा ३५ देखि ५५ प्रतिशतले कम वर्षा हुने विभागको भनाइ छ ।

कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भाग, वाग्मतीका दक्षिण पूर्वी र मधेसका अधिकांश भागमा सरदर वर्षाको सम्भावना रहनेछ ।

कर्णालीको धेरैजसो भू–भाग, सुदूरपश्चिमका मध्य तथा उत्तर, लुम्बिनीका पश्चिमी तथा मध्य भू–भागमा पानी नपर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

२० वटा मापन केन्द्रका आधारमा मनसुनमा औसत वर्षा १४ सय ७२ मिलिमिटर रहने विभागले जनाएको छ । अघिल्लो वर्षको मनसुनमा १३ सय २८ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु