गृहपृष्ठ ढाकाकुमारको सांसद पद सर्वोच्चले बचाईदियो
ढाकाकुमारको सांसद पद सर्वोच्चले बचाईदियो
सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको यो आदेशले कंसाकारलाई सांसद बनाउने निर्वाचन आयोगको सोमबारको निर्णय तत्कालका लागि रोकिएको छ । निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाले कारबाही गरी पदमुक्त गर्ने निर्णयसमेत यथास्थितिमा रहेकाले उनी तत्काल प्रतिनिधिसभामा फर्किन पाउने छैनन् ।
रास्वपाले कारबाही गरेर सांसद पदबाट निष्कासन गरेपछि ढाकाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सांसद श्रेष्ठको माग बमोजिम अन्तरिम आदेश दिने के गर्ने भन्नेवारे छलफल गर्न ५ जेठमा दुवै पक्षलाई झिकाएको छ ।
अनि कसांकारलाई सांसद बनाउने काम यथास्थितिमा राख्नु भनी निर्वाचन आयोग र सभामुखका नाममा आदेश जारी गरेको हो ।
प्रकाशित समय : ०७:२० बजे



















