global ime bank Long Banner Ad

गृहपृष्ठ शंकर कँडेलको आत्महत्यामा जोडिएका रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

शंकर कँडेलको आत्महत्यामा जोडिएका रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

शंकर कँडेलको आत्महत्यामा जोडिएका रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ ।

बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधन र मोटरसाइकल चलेका छन् ।

शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।

पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट आउने सवारी साधनलाई जुगेडीसम्म आउन दिइएको छ । तर, केही बन्दकर्ता मुग्लिनमा समेत देखिएकोले सहज भने छैन ।

कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरुविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ ।

जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् । प्रदीप नै आत्महत्या प्रकरणको मुख्य व्यक्ति भएकोले पक्राउ गर्नुपर्ने माग व्यवसायीहरुको छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु