global ime bank Long Banner Ad

गृहपृष्ठ वैशाख मसान्तभित्र कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउने

वैशाख मसान्तभित्र कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउने

वैशाख मसान्तभित्र कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउने

नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको बताएका छन् । उनका अनुसार मिति भने तय हुन बाँकी छ । भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।

प्रकाशित समय : ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु