nmb bank

गृहपृष्ठ मिटरब्याज पीडितहरु एक महिनादेखि धर्नामा,सरकारद्वारा बेवास्ता

मिटरब्याज पीडितहरु एक महिनादेखि धर्नामा,सरकारद्वारा बेवास्ता

मिटरब्याज पीडितहरु एक महिनादेखि धर्नामा,सरकारद्वारा बेवास्ता

मिटरब्याज पीडित एक महिनादेखि धर्नामा बसेका छन् । गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक वार्ता भए पनि मिटरब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोगसमेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रियाअघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । सरकारले हालै अध्यादेशमार्फत मिटरब्याजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिइसकेको छ ।

मिटरब्याज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखेपछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए ।

प्रकाशित समय : ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु