global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रास्वपाले यसकारण फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

रास्वपाले यसकारण फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

रास्वपाले यसकारण फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

सत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिती र संसदीय दलको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो ।

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लियो । गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारको कारण पनि सरकारमा जाने बाटो बन्द भएको बैठकमा छलफल भएको थियो ।

बैठकले सरकारले अमेरिका पठाउने भन्दै नक्कली शरणार्थी बनाएर पैसा खाने उपल्लो तहका नेताहरूलाई पक्राउ गर्ने सरकारको निर्णयको स्वागत गर्दै दोषी कसैलाई नछोड्न सुझाव पनि दिएको छ ।

बैठकमा सभापति रवि लामिछानेले शीर्ष नेताहरूसंग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु