मुक्तिनाथ विकास बैंककाे वित्तीय साक्षरता तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन कार्यक्रम सम्पन्न
वि.सं.२०८० वैशाख १६ शनिवार २०:२५
shares

मुक्तिनाथ विकास बैंककाे वित्तीय साक्षरता तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेकाे छ ।
विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रुपमा मनाउने अभियानसँगै बैंकले सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीको साथमा शुक्रबार र शनिबारका दिन ग्राहक वित्तीय साक्षरता पुर्याउन र बैंकिङ सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हाे ।
बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलाे कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु/कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजनिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मूल नारा बोकेको यस बैंकले आफ्नो नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको सहभागिता रहेको थियो । यसरी वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धनसम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ ।
यसबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको विश्वास छ ।


























