global ime bank Long Banner Ad

गृहपृष्ठ विनिमयदरः अमेरिकी डलरमा झिनो सुधार

विनिमयदरः अमेरिकी डलरमा झिनो सुधार

विनिमयदरः अमेरिकी डलरमा झिनो सुधार

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ एक पैसाले बढेको छ । मंगलबार २९ पैसाले घटेको डलरमा आज झिनो सुधार आएको हो। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १६ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो।

आज बेलायती पाउण्ड स्टर्लिङको पनि भाउ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले बढेको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

आज युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि सोहिमूल्यमा युएई दिराम र साउदी अरेबियन खरिदबिक्री भएको थियो ।हाज मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आज ४२७ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ एक पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु