जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले
वि.सं.२०८० वैशाख १२ मंगलवार ०९:४५
shares

तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।
सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।
उनी नेपाली काँग्रेसका गोविन्द्र भट्टराईसँग १४ हजार ७९७ मतान्तरका विजयी भएका छन् । वाग्लेको ३४९१९ मत छ भने भट्टराई २०१२२ मत पाएका छन् । त्यस्तै एमालेका सर्वेन्द्र खनालले ८४८८ मतमात्रै ल्याएका छन् ।

























