काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ठूलो दलको हैसियतमा सरकार गठन माग गर्दै लुम्बिनी प्रदेश प्रमुखलाई एमालेको पत्र

7.08K
shares

लुम्बिनी प्रदेशमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको छ । सोमबार बहुमतको सरकारबाट बाहिरिएको एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारीसहित प्रदेश प्रमुखलाई उक्त आग्रह गरेको हो ।

कामचलाउ मुख्यमन्त्री गिरीले सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रहपत्र बुझाएका हुन् । विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी तोकेका थिए ।

यसलगत्तै सोमबारको मन्त्रिपरिषद् बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

एमाले दलका नेता रहेका मुख्यमन्त्रीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आह्वान गर्न आग्रह गरिएको बताए । यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । चौधरीले आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भए पनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए ।

एमालेले नयाँ सरकार गठन गरेर पुनः एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दाबी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।