थप ११३ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख ११ सोमवार १९:०७
shares

नेपालमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना पुष्टि भएको छ । १०४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । बिरामीमध्ये ४ जनाको आईसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो अवधिमा ७२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

























