गृहपृष्ठ मेघगर्जनसहित वर्षाकाे सम्भावना
मेघगर्जनसहित वर्षाकाे सम्भावना
नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कार्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
प्रकाशित समय : ०७:०४ बजे




















