गृहपृष्ठ नयाँ स्टक एक्सचेन्जका लागि ३ कम्पनी प्रतिस्पर्धामा
नयाँ स्टक एक्सचेन्जका लागि ३ कम्पनी प्रतिस्पर्धामा
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
नयाँ धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेन्ज)को लागि ३ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । अब नेपाल धितोपत्र बोर्डले प्रस्तावित तीन कम्पनीमध्ये एकलाई छनोट गरेर नयाँ स्टक एक्सचेन्जको मान्यता दिने छ । जुन, निजी क्षेत्रबाट चल्ने देशकै पहिलो स्टक एक्सचेन्ज हुनेछ । अहिलेसम्म सरकारी स्तरको ‘नेपाल स्टक एक्सचेन्ज’ नेप्सेले धितोपत्र बजारका सञ्चालकका काम गरिरहेको छ ।
नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिने अन्तिम दिन आइतबार मात्रै २ वटा कम्पनीले आवेदन दर्ता गराए । यसअघि शुक्रबार एक कम्पनीले यस्तो आवेदन दर्ता गराएको थियो ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि हिमायलन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको नामबाट आवेदनहरु परेको धितोपत्र बोर्डले जनाएको छ ।
यसैगरी २ वटा वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) लागि ४ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आवेदन दिने अन्तिम मिति १० वैशाख २०७९ सम्म बस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको लाइसेन्सको लागि ४ वटा कम्पनीको आवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।
नयाँ स्टक एक्सचेञ्जको अनुमतिका लागि व्यापारीहरुबीच राजनीतिक दौडधुप सुरु भइसकेको बताइएको छ ।
हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ ।
यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।
यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको स्रोतले बताएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको लगानी रहेको छ ।
सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।
धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।
धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ ।
प्रकाशित समय : ०७:१४ बजे


















