global ime bank Long Banner Ad

गृहपृष्ठ रविविरुद्ध उजुरी हालेको कांग्रेसले निर्णय नभएसम्म मतगणना गर्न नदिने

रविविरुद्ध उजुरी हालेको कांग्रेसले निर्णय नभएसम्म मतगणना गर्न नदिने

रविविरुद्ध उजुरी हालेको कांग्रेसले निर्णय नभएसम्म मतगणना गर्न नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी दिएको नेपाली कांग्रेस चितवनले यसबारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताएको छ ।

मतदानका दिन रास्वपा सभापति लामिछानेले आचारसंहिता उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने आरोप लगाएर कांग्रेसले उजुरी दिएको हो । लामिछानेले आचारसंहिता विपरीत १२ वटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिन अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु