गृहपृष्ठ बारा-२ को मतगणना आज सुरु हुने
बारा-२ को मतगणना आज सुरु हुने
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा–२ को मतगणना आज बिहानदेखि मात्र सुरु हुने भएको छ । आज बिहान सर्वदलीय बैठक बोलाइएको र बैठकपछि गणना सुरु हुने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
हावाहुरी चलेका कारण दलका प्रतिनिधिहरू नआएकाले आइतबार राति बैठक बस्न नसकेको हो ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा राखिएको छ । मतपेटिकाको सुरक्षा नेपाली सेनासहितका सुरक्षाकर्मीले गर्दैछन् ।
प्रकाशित समय : ०६:२६ बजे



















