गृहपृष्ठ सरकारको चरित्र जस्तै बजेट आयो : राजेन्द्र महतो
सरकारको चरित्र जस्तै बजेट आयो : राजेन्द्र महतो
जनता समाजबादी पार्टीका नेता राजेन्द्र महतोले आगामी वर्षको बजेट सरकारको चरित्र जस्तै भएको बताएका छन् ।
आइतबार संसदमा बजेटमाथिको टिप्पणी गर्दै उनले सरकारले आफू मालिक र अरु नोकर सम्झेको सरकारले आफू जस्तै बजेट ल्याएको आरोप लगाएका छन् । ‘राज्यबिहीन जस्तै भएका जनता यसै राज्यमा छन् । धेरै नागरिक विपक्षीमा भए पनि बहुमत विपक्षीमा रहने र अल्पमत राज्यमा रहिरहने शासन गर्ने प्रवृति भएको हुँदा आम नागरिकले कहिल्यै राज्यबाट न्याय पाउन सक्दैन ।’
सामान्ति संस्कार भएको देशमा सिमान्तकृत समुदायका लागि बजेट नआएको उनको आरोप छ । ‘सरकार आफू सर्वश्रेष्ठ भन्दै अरुलाई भिखारी भएको सोचेको छ । यस्तै बजेट विगत पाँच सय वर्ष अगाडि औपनिकवेशिकतामा टेकेर ल्याएको हो । जनता भोकै मर्दा पनि राज्यलाई कुनै चाँसो छैन । नाम भने कुनै जनता भोकै मर्नुपर्दैन ।’
सरकारले नैतिकता गुमाएको उनले आरोप लगाए । ८९ प्रतिशत बजेट संघीयमै राखेको ४ प्रतिशत मात्रै प्रदेशका लागि छुट्याएको हुँदा सरकारले आफ्नै लागि मात्र सामन्ति सोचका आधारमा बजेट ल्याएको उनले बताए ।
प्रकाशित समय : १८:२१ बजे



















