global ime bank Long Banner Ad

गृहपृष्ठ विनिमयदरः अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो

विनिमयदरः अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो

विनिमयदरः अमेरिकी डलरको भाउ बढ्यो, युरो घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । लगातार चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ दुइदिन यता बढेको छ । आज डलरमा ३० पैसाले वृद्धि भएको छ । यसअघि बुधबार ११ पैसाले डलरमा वृदी भएको थियो । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसा कायमम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १८ पैसाले घटेको छ । बिशीबार युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो।

आज बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

आज साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ ।

कुवेती दिनार एकको खरिदमा आज ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८० पैसा तोकिएको छ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु