काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झोलामा खेती गर्नेले अनुदान पाउँछन्, खेतमा गर्नेले पाउँदैनन् : सांसद चौधरी

7.54K
shares

कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादिन बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अबस्था छैन्’, सांसद चौधरीले भने, ‘कुषिमा सरकारले लगानी नगरेको पनि हैन्, अनुदान नदिएको हैन् । तर, त्यसको दुरुपयोग भईरहेको छ ।’

झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट पारे । सांसद चौधरीले भने, ‘झोलामा खेति गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले अनुदान पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन् । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’यस्तै सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण बिकासमा ढिलासुस्ती हुने गरेको उदारहण पेस गरे ।

‘अहिले हाम्रो देशको बिकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भईसकेको छ । तर, बनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’

सरकारी नियमले गर्दा नै बिकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्राल, डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।