गृहपृष्ठ १७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
१७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।
२ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।
प्रकाशित समय : १६:४२ बजे

















