लुम्बिनी विकास बैंकका डेपुटी सीइओमा सुमन आचार्य
वि.सं.२०८० वैशाख ४ सोमवार १४:५६
shares

लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ । बैंकले आजबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्ति गरेको हो ।
उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीए केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तीर्ण भई उत्कृष्ठ थेसिस लेखनबापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भएका थिए ।
उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रही सफल कार्य गर्नुका साथै साविकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रही सफलता हासिल गरेका थिए । उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।

























