काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्री

6.93K
shares

टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री वितरण गरेको जनाएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिङ युनिटमा निर्मित यो गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।

कम्पनीका अनुसार साढे पाँच वर्षको छोटो अवधिमै यसले यस्तो सफलता हासिल गरेको हो । ५ लाखमध्ये पछिका १ लाख केवल सात महिनामा बिक्री भएको थियो । हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको कम्पनीको दाबी छ । सन् २०२० मा ‘फेसलिफ्ट’को आगमनपछि यसको बजार विस्तारले झन् तीव्र ढंगले अगाडि बढेको पाइन्छ ।

नेक्सन १२०० सय सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ। पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र सिक्स स्पिड एटीएमको रुपमा रहेको छ ।

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ । नेक्सन इभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडीको हो । टाटाको यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जितस्वरुप बजारमा ल्याउने योजना रहेको जनाएको छ ।

यो नयाँस्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको ‘कर्भ अवधारणा’मा आधारित छ । १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति १२५ हर्सपावर बराबर हुनेछ ।