काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकको बचत खातामा मुद्दतिको प्रतिफल

6.72K
shares

ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दति दुवैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचेजस्तै बैंक खाताअन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् ।

बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छाबमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ ।

यसका साथै, सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्क रुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ । ग्राहकहरुमा नियमित बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समय-समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकांकहरूमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।